भोजपुरमा सामुदायिक विद्यालयका शिक्षकलाई ‘आइटी’ तालिम

काठमाण्डु- भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत आइटी सूचना प्रविधि शिक्षकका लागि पाँच दिने ‘सूचना प्रविधि’सम्बन्धी तालिम सञ्चालन गरिएको छ । शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री तथा गुणस्तरीय बनाउने उद्देश्यसहित गाउँपालिकाको पहलमा तालिम आयोजना गरिएको हो । तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका आइटी शिक्षकको सहभागिता रहेको छ । सहभागीलाई कम्प्युटरको प्रभावकारी प्रयोग, शैक्षिक डिजिटल सामग्री…