कांग्रेस विशेष महाधिवेशन : केन्द्रीय समिति विघटनको प्रस्ताव पेस, नयाँ नेतृत्व चयनको बाटो खुल्यो

काठमाण्डु - नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने र १५औं महाधिवेशन नभएसम्म नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पेस भएको छ। बन्दसत्रले पारित गरेको कार्यविधिमा कार्यकाल सकिएको मौजुदा कार्यसमिति भंग गर्ने र १५औँ महाधिवेशन नहुँदासम्मको लागि नयाँ कार्यसमिति निर्वाचनको प्रस्ताव पेश भएको हो । जसलाई विशेष महाधिवशेनको हलले ध्वनीमतले पास गरेको छ…