महाराजगञ्जमा कांग्रेस संस्थापन पक्षसँग छलफल गर्दै देउवा, डा. कोइराला पनि सहभागी

काठमाण्डु – महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसको विशेष महाधिवेशन गरिरहेका बेला सभापति शेरबहादुर देउवा संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेका छन् । विशेष महाधिवेशनले नेतृत्व परिवर्तनसम्म गर्न मिल्ने कार्यविधि पारित गरेपछि सभापति देउवा आन्तरिक परामर्शमा जुटेका छन् । यसअघि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आमनिर्वाचनको बेला पार्टीलाई एकताबद्ध बनाउँदै सबैले चुनावमा होमिनुपर्ने अपिल गरेका छन्…