काठमाण्डु - सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सोमबार भारी वर्षा भएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरालगायतका जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको हो । आइतबार बिहानदेखि भइरहेको वर्षाले तराईका जिल्लामा डुबान र पहाडमा पहिरोको जोखिम बढेको छ । मोहना नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । निरन्तरको वर्षासँगै सुदूरपश्चिमको राजधानी धनगढी जलमग्न भएको छ ।…