ट्रम्प र मस्कबीच चर्काचर्की : महाभियोग लगाउने मस्कको धम्की, अनुदान रोक्ने ट्रम्पको चेतावनी

काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलोन मस्कबीच चर्काचर्की भएको छ । एक समय ट्रम्पको नजिक रहेर प्रशासन हेरेका मस्क र ट्रम्पबीच यति धेरै चर्काचर्की हुन्छ भनेर कसैले चिताएको थिएन । तर भयो यस्तै । उनीहरूबबीच झगडा यति बढ्यो कि ट्रम्पलाई महाभियोग लगाउन मस्कले धम्की दिए । यसका साथै उनले उपाध्यक्ष जेडी…