प्रमाण विना गृहमन्त्रीको राजीनामा माग्नु व्यावहारिक छैन, भ्रममा नपर्नुहोला: मन्त्री खड्का

सिन्धुली – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले विभिन्न स्तरबाट फैलाइँदै आएका अफवाह र कुप्रचारप्रति चिन्ता व्यक्त गर्दै ती भ्रममा नपरी देशको विकासमा समर्पित हुन आग्रह गरेका छन् । सुनकोशी मरिन ड्राइभर्सन बहुउद्देशीय आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुली पुगेका मन्त्री खड्काले जिल्लास्थित पार्टी कार्यालयमा नेता–कार्यकर्ताहरूसँगको भेटमा देशको हालको राजनीतिक, सामाजिक अवस्था र विकास रणनीतिबारे…