काठमाण्डु– मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजनाअन्तर्गत १५.४५ करोड अमेरिकी डलर बराबरको दुई प्रसारण लाइन खण्डको ठेक्का सम्झौता भएको छ। विहीबार काठमाण्डुमा आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग, र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग भएको हो। एमसिए नेपालले प्रतिस्पर्धात्मक…