काठमाण्डु– संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिससम्बन्धी निर्णयमा असन्तुष्ट कामुप्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरु कुमार रेग्मी र हरिप्रसाद फुयाँलले राजीनामा नदिने मनस्थिति बनाएका छन् । परिषदको शुक्रबारको बैठकले चौथो वरियताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि न्यायिक र राजनीतिक क्षेत्रमा तीन न्यायाधीशले राजीनामा दिन सक्ने अनुमान गरिएका थिए । तर, ती अनुमानविपरीत मल्ल, रेग्मी…