प्रधानमन्त्री कार्यालयद्वारा ‘सुझाव संकलन पोर्टल’ शुभारम्भ, सहभागी हुन अनुरोध

काठमाण्डु – सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र सहभागितामूलक बनाउन नयाँ डिजिटल पहल सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नागरिकका अपेक्षा र आवश्यकतालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न ‘सुझाव संकलन सार्वजनिक पोर्टल’ शुभारम्भ गरेको हो । पोर्टलमार्फत अब आमनेपाली नागरिक, विभिन्न क्षेत्रका विषय विज्ञ तथा नीति–निर्माताहरूले…