काठमाण्डु - विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने अधिकांश स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेका छन्। उदयपुरस्थित कटारी नगरपालिका–१४, दलदलेमा आएको बाढीका कारण सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै काभ्रेपलाञ्चोक खण्डमा…