रौतहट - रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् । २२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका ८४ वार्षिय बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उच्च अदालत वीरगंज इजलासले मोहम्मद…