प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाण्डु – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२ सुरु भएको छ । आईतबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच बलाधिकृत रथी निर्मल कुमार थापाले प्रतियोगिता उद्घाटन गरे । टेनिस खेलको विकासका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने दृष्टिकोणले सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न ९ वटा क्लबका १५ जना महिलासहित…