काठमाण्डु- काठमाण्डुबाट झापा जाँदै गरेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ। दुर्घटनामा काठमाण्डुमा जारी भएको शिक्षक आन्दोलनबाट फर्किरहेका १६ जना शिक्षक घाइते भएका…