अन्तर्राष्ट्रिय विमानस्थालहरूमा राष्ट्रिय पहिचान झल्काउने वस्तु राख्न माग

काठमाण्डु - प्रतिनिधिसभा सदस्य अनुस्का श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थालहरूमा राष्ट्रिय पहिचान झल्काउने वस्तु राख्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभामा मंगलबार शून्य समयमा बोल्दै श्रेष्ठले विश्वका विभिन्न विमानस्थलहरूमा राष्ट्रिय पहिचान झल्काउने वस्तु राखिएको हुँदा त्यस्तो वस्तु नेपालका विमानस्थलहरूमा पनि राख्न सरकारसँग माग गरिन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपाल उत्पादनको…