काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) काठमाण्डुले सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका–५ थामेका अभौतिक सम्पदाको सूचीकरण आरम्भ गरेको छ । विक्रम संवत् २०८१ साउन ३२ गते हिमताल विस्फोट पश्चातको बाढीका कारण बस्ती र सम्पदा प्रभावित भएपछि युनेस्को काठमाण्डुले परियोजना तर्जुमा गरेर विज्ञ सहितको अध्ययन टोली…