सीमामा सशस्त्र प्रहरीको निःशुल्क स्वास्थ्य शिविर,१ हजार ४०२ जनाको परिक्षण

काठमाण्डु -  सशस्त्र प्रहरी बल नेपालले सीमामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सीमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपालबीचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा,सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हाे । सशस्त्र प्रहरी परिवार…