काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले काठमाण्डुको नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा २७ बैशाखमा पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ पूर्जी जारी हुनेमा गणेशमान सिंहकी छोरी रिता सिंह वैद्य पनि छिन् । रिता २०४८ सालदेखि २०७७ सालसम्म बाल संगठनको अध्यक्ष बनेकी थिइन् । उनी अध्यक्ष भएको बेलामा संगठनले नक्सालस्थित अनाथ…