काठमाण्डु – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका छन् । निवर्तमान प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिक रूपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका छन् । सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चार गृह, प्रकाशक, सम्पादक…