काठमाण्डु – राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.१८ सिनियर डिभिजन तालिमको मंगलबार सैनिक मञ्च टुँडिखेलमा दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् । कार्यक्रममा क्याडेट छात्रछात्राहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सेवादलका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सिर्जनशील र देशभक्त युवाहरू देशको…