काठमाण्डु – राजधानी काठमाण्डुको बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा भीषण आगलागी भएको छ । आज सोमबार साँझ सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि उपत्यकाका ७ वटा दमकल खटिएका छन् । आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँ फैलिएको छ । अग्नि…