काठमाण्डु - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक पार्टीका नेता नधाउन प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालय,नक्साल पुगेर लामिछानेले प्रहरी संगठनका उच्च अधिकृतहरु सरुवा बढुुवाका लागि नेताहरुको घरघरमा जाने परम्परा रहेकाले आफूले त्यो अन्त्य गर्ने बताएका हुन् । उनले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन…