काठमाण्डु - प्रहरी महानिरीक्षक ( आइजीपी) वसन्तबहादुर कुँवरले प्रहरीले सञ्चालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउन निर्देशन दिएका छन् । उनले नागरिकको विश्वास जगाउन तथा विश्वासको अभिवृद्धि गर्न सेवामा समर्पित हुँदै नेपाल सरकार र प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । काठमाडौँमा शुक्रबार भएको नेपाल प्रहरीको कार्ययोजना,…