काठमाण्डु - नेपाली सेना केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएको बाढी-पहिराका घटनाबाट प्रभावित जनताको सहयोग, खोज, उद्धार र राहत कार्यमा परिचालित भएको छ । महाकाली नदीको बाढीका कारण भीमदत्त नगरापालिका–९ स्थित ब्रम्ह्देव इलाका डुबानमा फसेका पाँच जनालाई सेनाले हवाई उद्धार गरी सुरक्षित स्थानमा लगेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।…