काठमाडौं - नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सुरु गरेको छ । सैनिक व्यक्तिहरुको हिडडुल माथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ सेनाले चेकजांच सुरु गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसंगको समन्वयमा आईतवार सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजांच गरिएको थियो ।…