काठमाडौं –राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालमाथि कारबाहीको तयारी गरेको छ । गैरन्यायिक हत्यामा प्रहरीलाई संरक्षण गरेको भन्दै आयोगले आईजीपी खनालसहित मुख्यसचिव लोकदर्शन रेग्मीमािथ कारबाहीको तयारी गरेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेललाई गत ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्देही जंगलको एकान्तमा ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी…