सुभद्रा वाइबाले पाइन कोटेश्वर प्रभागको जिम्मेवारी

काठमाडौं - महानगरीय प्रहरी प्रभाग कोटेश्वरको जिम्मा इन्स्पेक्टर सुभद्रा वाइबालाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार गरेको काज सरुवा अनुसार कोटेश्वर प्रहरीको कमाण्ड सम्हाल्दै आएकी इन्स्पेक्टर एलिजा गिरीको सरुवा भएपछी, प्रहरी प्रभाग कोटेश्वरको नेतृत्व वाइबालाई दिइएको हाे । गिरीको प्रहरी मुख्यालय मानवअधिकार सेलमा सरुवा भएपछी सोही सेलमा कार्यरत इन्स्पेक्टर वाइबालाई कोटेश्वर प्रभागको जिम्मेवारी दिइएको छ…