सेनाको सिपाहीको चरित्र राष्ट्रले देख्‍न चाहन्छः प्रधानसेनापति थापा

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका हरेक व्यक्ति आर्थिक रुपमा पारदर्शी हुनुपर्ने बताएका छन् । गत कात्तिक १ बाट सञ्चालन भएको ‘सबैभन्दा पहिला हामी सिपाही’ कार्यक्रमको सोमबार जंगी अड्डामा समापन गर्दै प्रधानसेनापति थापाले सेनाको विशिष्ट चरित्र राष्ट्रले देख्न चाहेको बताएका छन् । उनले भने, ‘२१औं शताब्दीको सिपाही आर्थिक रुपमा पारदर्शी, सम्मानित र आदर्शवान हुनुपर्दछ…