काठमाडौं – नेपाल प्रहरीको विभिन्न पदमा तीन हजार पाँच सय ९६ नयाँ दरबन्दी थपिएको छ । नेपाल प्रहरीले गृह मन्त्रालयमा पठाएको प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयले हालै स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको हो । गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थपिने छन् ।…