काठमाडौं – बुधबारबाट पोखरामा सुरु भएको नेपाल भारत सीमा सुरक्षा बैठक सकिएको छ । नेपाल–भारत सीमा विवाद सार्वजनिक भएको वेला नेपालकातर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक सम्पन्न भएको हो । छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदान प्रदानको…