काठमाडौं – नेपाली सेनाले बृहत घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सेनाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा महोत्तरीमा १० दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी प्रदेश २ को महोत्तरी जिल्ला, सोनमा गाउँपालिका ३ स्थित खकना उच्च माध्यमिक…