बर्दियामा प्रहरीमाथि गोली लाग्यो

बर्दिया – बर्दियामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन् । जिल्लाको मधुवन–४ मौवास्थित नहर छेउबाट विप्लका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैँले बोकेको हतियार पड्किएर एकजना प्रहरी जवान घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी योगेन्द्र खड्का अनुसार कुममा गोली लागेर…