सेनाको हेलिकप्टरबाट जाजरकोटकी महिलाको उद्धार

काठमाडौं – सुत्केरी हुन नसकेकी जाजरकोटकी एक महिलालाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई मंगलबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो । सोमबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी कमलाको बच्चा जन्मिन सकेको थिएन । बच्चा नजन्मँदै अत्याधिक रक्तश्राव हुन थालेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको जुनीचाँदे–२ का वडा अध्यक्ष…