प्रधानसेनापतिवारे अर्नगल प्रचार गरेको भन्दै सेना असन्तुष्ट

काठमाडौं- नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको पोसाकलाई लिएर केहि सञ्चार माध्ययममा आएको खबरप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । भारतको औपचारिक भ्रमण पुरा गरी गत माघ २ गते स्वदेश फर्किएका प्रधानसेनापति, कार्यालय पोसाकमा नै स्वदेश फर्किएका तथा भारतीय सेनाका सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको समेत भ्रमण कार्यालय पोसाकमा नै भएको सेनाले प्रष्ट पारेको छ ।…