काठमाण्डु – तस्करीमा सघाउन ३० हजार घुस रकमसहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुन्सन्धान आयोगले रूपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । रूपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैध रूपमा घरायसी सामान भित्र्याएर तस्करी गर्न सहजीकरण…