काठमाडौं - ललितपुरको यूएन पार्कमा सोमबार दिउंसो करिब साढे १ बजेतिर प्रहरीसँग एक गुन्डा नाइकेबीच इन्काउण्टर भएको छ । ज्यान मुद्धा र सार्वजनिक अपराध मुद्धामा प्रहरीको खोजीको सूचीमा रहेका अशोक लामा पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोली चलाएको हो । विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएको सूचना प्रहरीसँग थियो…