नयाँ सेनापतिले थाले सेनामा सुधार : सैनिक जर्णेलका श्रीमतीलाई ‘रानी साब’ भन्ने चलन हटाइयो

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै केही सुधारका घोषणा गरेका छन् । प्रधानसेनापति थापाले देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन् । यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्न थापाले निर्देशन…