अवैध सुनसहित एयरपोर्टबाट एक युवक पक्राउ

काठमाडौं - एयरपोर्टबाट प्रहरीले अवैध सुनसहित १ युवकलाई उक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले गोरखा भीरकोट नगरपालिका–९ का कृष्ण भट्टराईलाई असार १९ गते एयरपोर्ट अगाडिबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी कार्यालय, काठमाडौंका अनुसार भट्टराईको साथबाट २ थान सुनको बाला बरामद भएको छ । बरामद बालाको तौल कूल ११५ ग्राम छ…