काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे आफूले केही नबोल्ने बताएका छन् । बिहिबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक खनालले सुन काण्डबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले आफूले यसबारे टिप्पणी नगर्ने बताएका हुन् । सुनकाण्डमा उच्च पदस्थ प्रहरी अधिकृतहरुसमेत…