सल्यानमा भरुवा बन्दुकसहित तीनजना पक्राउ

रुकुम - सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार सांझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउंपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउंपालिका–३ का छविलाल चलाउने, सोही ठाउंका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ…