प्रहरी र सशस्त्रमा आइजिपी छान्न प्रतिस्पर्धी सबैको ट्रयाक रेकर्ड अध्ययन हुंदै

काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले आगामी २९ चैतमा अनिवार्य अवकाश पाउँदै गर्दा नेपाल प्रहरीमा नयाँ नेतृत्व चयनको गृहकार्य तीव्र बनेको छ । विनाआर्थिक कारोबार पहिलोपटक प्रहरीको नेतृत्व चयन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुरूप प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले योग्य र सक्षम व्यक्तिलाई नेतृत्व दिन आइजिपीका लागि प्रतिस्पर्धी रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूको…