काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप १ दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय गरिएका सम्पूर्ण खेलहरू अब मुलपानी क्रिकेट मैदानमा सारिएको जनाएको छ । बिहीबार क्यानले जारी गरेको विज्ञप्तिअनुसार २०८२ चैत ७ देखि सुरु हुने प्रतियोगिताका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ । यसअघि…