काभा भलिबल : सेमिफाइनलमा नेपाल र इरान भिड्दै

काठमाण्डु– काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल आज सेमिफाइनलमा इरानसँग भिड्दै छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। समूह चरणको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। दोस्रो खेलमा कीर्गिस्तान र समूह चरणको अन्तिम खेलमा मालदिभ्समाथि समान ३–० को सेटमा नेपाल विजयी भएको थियो। आजै…