साफ च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाण्डु-२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो । पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर…