काठमाण्डु–नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ । आइतबार एन्फा कम्प्लेक्समा भएकाे खेलमा नेपालले भुटानलाई ४-१ गोलले हराएकाे हाे । निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र…