दक्षिण अफ्रीकालाई ७ रनले हराउँदै भारतले जित्यो विश्वकपकाे उपाधि

काठमाण्डु- भारतले आइसीसी टी-२० विश्वकप २०२४को उपाधि जितेको छ । बार्बाडोसमा भएको फाईनलमा दक्षिण अफ्रीकालाई ७ रनले हराउँदै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । भारतको यो दोस्रो टि-ट्वान्टी विश्वकप उपाधि हो ।…