काठमाण्डु – हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेकाे छ । मंगलबार हङकङको मिसन रोड मैदान मोङकोकमा भएको खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनायाे । पीएनजीका हिरी हिरीले २८ रन बनाए । ओपनर सेसे बाउले २१ र…