काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि अनिल शाह र देव खनाललाई टिममा समावेश गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ ।…