त्रिदेशीय टी-२० सिरिज : आज नेपाल र युएईबीच फाइनल हुँदै

काठमाण्डु  - त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै नेट रनरेटका कारण फाइनलमा पुगेको हो । नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो…