काठमाण्डु- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेलको ट्रफी आफ्नो पक्षमा पारेको छ। घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको हो। ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा नेपालकी सावित्रा…