महिला टी-२० श्रृंखला : हङकङ च्याम्पियन

काठमाण्डु- ४ देशसम्मिलित महिला टी-२० श्रृंखलाको उपाधि घरेलु टोली हङकङले जितेको छ। आइतबार भएको फाइनलमा हङकङले तान्जानियालाई ५ विकेटले पराजित गरेको हो। हङकङ क्रिकेट मैदानमा टस जितेर हङकङले पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको तान्जानियाले १८ ओभर ४ बलमा अल आउट हुँदै मात्र ८४ रन बनायो। तान्जानियाका लागि मोनिका पास्कालले सर्वाधिक ४२ रन बनाउँदा…